होम » १९ अङ्कले बढेको नेप्सेले तीन हजार विन्दु नाघ्यो, ११ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

१९ अङ्कले बढेको नेप्सेले तीन हजार विन्दु नाघ्यो, ११ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

by नागरिक टुडे

शेयर बजार परिसूचक नेप्से आज बिहीवार झन्डै १९ अङ्कले बढेको छ । नेप्से आज १८ दशमलव ७५ अङ्कले बढेर तीन हजार चार दशमलव ३१ विन्दुमा पुगेको छ । आज बैंकिङ समूहको शेयर साढे ३५ अङ्कले,जलविद्युत समूहको २४, फाइनान्स र निर्जीवन बीमा समूहको ३८ र म्युचल फन्ड समूहको शेयर शून्य दशमलव ९२ अङ्कले बढेको छ । आज विकास बैंक, व्यापार, होटल, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, अन्य र लगानी समूहको शेयर भने घटेको छ ।

आज दुई सय २२ कम्पनीका पाँच करोड ५९ लाख ६४ हजार कित्ता शेयर ११ अर्ब ११ करोड ४१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै कृषि विकास बैंकको ४६ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यिनिहरू पढ्न छुटे की ?