होम » होण्डा एनिभर्सरीको नाममा फिशिङ म्यासेज सेयर गरिँदै

होण्डा एनिभर्सरीको नाममा फिशिङ म्यासेज सेयर गरिँदै

by नागरिक टुडे

पछिल्लो केहि दिनदेखि फेसबुक म्यासेन्जरमा होन्डाको एनिभर्सरी भन्दै फिशिङ लिंकसहित म्यासेज आइरहेको छ। होन्डाको स्कुटर जित्ने लोभमा प्रयोगकर्ताहरुले यसलाई धेरै नै फर्वार्ड गरिरहेका छन् । तर यसभित्र के छ भन्नेर जान्न सकेका छैनन् ।नेपालभित्र मात्र नभई विश्वभर रहेका मानिसहरुले आफ्नो नेटवर्कमा भएका साथिहरुलाई यो म्यासेज फर्वार्ड गरेको देखिन्छ।यसअघि अमेजन र टोयोटाले उपहार र रकम दिने भन्दै धेरै नेपालीहरुले ह्वाट्सएपलगायतका प्लेटफर्महरुमा मेसेज पठाउने गरेका थिए । अहिले भने होण्डाको फिशिङ म्यासेज आएको छ ।

सामाजिक सञ्जालमा यस्ता फिशिङ लिंकसहितका म्यासेजहरु समय समयमा भाइरल हुने गर्छन् । फिसिङमार्फत ह्याकरहरुले विभिन्न जानकारी चोर्ने र ह्याक गर्ने गरेका छन् । त्यसैले यस्ता म्यासेजलाई स्क्यामको रुपमा लिने गरिन्छ। प्रयोगकर्तालाई विभिन्न किसिमको पुरस्कार दिने भन्दै आकर्षित गरेर तथा लोभ देखाएर डाटा चोरी गर्न फिशिङको प्रयोग गरिन्छ । त्यतिमात्र नभई यसबाट सिस्टम ह्याक गर्नका लागि समेत प्रयास गर्ने गरिन्छ ।

 

यिनिहरू पढ्न छुटे की ?