होम » पुष्पन र एलिनाको ‘ऐना हेरी हेरी’

पुष्पन र एलिनाको ‘ऐना हेरी हेरी’

by नागरिक टुडे

गायक पुष्पन प्रधान तथा एलिना चौहानको स्वरको यूगल गीत ‘ऐना हेरी हेरी…’ म्युजिक भिडियो सार्वजनिक भएको छ । भीम विसीको संगीत रहेको गीतमा शिवराज योगीका शब्दहरु छन् । सविता अधिकारीको निर्माण तथा गम्भिर विष्टको निर्देशनमा तयार भएको भिडियोमा आकाश कार्की र अनु काफ्लेले अभिनय गरेका छन् ।

बटौली, तीन पाते जस्ता गीतमा अभिनय गरेकी अनु र आकाश कार्कीले पहिलो पटक एक साथ काम गरेका हुन् । नजिकिँदै गएको तीज तथा कोरोनाको प्रकोपबीच रहेको अफ्ठ्यारो अवस्थालाई गीतको भिडियोमा झल्काइएको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी छ । भिडियोको सम्पादन प्रविण भट्टले गरेका हुन् ।

यिनिहरू पढ्न छुटे की ?