होम » पहिलो पटक खटिए साउदी महिला सैनिक -मक्काको सुरक्षा

पहिलो पटक खटिए साउदी महिला सैनिक -मक्काको सुरक्षा

by नागरिक टुडे

साउदी सैनिकमा रहेका महिलाहरूलाई हजका लागि आउने श्रद्धालुहरूको सुरक्षाको लागि केही दिनअघि मक्कामा खटाइएको समाचार संस्था रोयटर्सले जनाएको छ।इस्लाम धर्मालम्बीहरूको पवित्र स्थल साउदी अरबको मक्काको सुरक्षामा पहिलो पटक साउदी महिलाहरू खटेका छन्।
मक्काको सुरक्षामा खटिएकी महिला सैनिक मोनाले आफ्ना दिवंगत बुवाको यात्रा पूरा गर्न सैनिकमा भर्ना भएको बताइन्।

साउदीका युवराज मोहम्मद बिन सलमानले परम्परागत मुस्लिम राज्य साउदी अरबलाई आधुनिकीकरण गर्न विभिन्न सामाजिक परिवर्तन गरिरहेका छन्। भिजन २०३० अनुसार केही समयअघि उनले महिलाहरूलाई सवारी चलाउन लाइसेन्स लिन अनुमति दिएका थिए भने अभिभावकको अनुमति बिना नै वयस्क महिलाले विदेश जान पाइने व्यवस्था लागु गरेका थिए।

यिनिहरू पढ्न छुटे की ?