होम » चीनमा भारी बर्षाका कारण :भूमिगत रेल स्टेशन डुबाएपछि कैयौँमा त्रास

चीनमा भारी बर्षाका कारण :भूमिगत रेल स्टेशन डुबाएपछि कैयौँमा त्रास

by नागरिक टुडे

चीनमा आएको वर्षासँगै भीषण बाढीले चीनको मध्य क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढीका कारण स्थानीय बासिन्दाहरु घर छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् भने रेलवे स्टेशन र सडकमार्गहरु बन्द भएका छन् ।

मङ्गलवार चीनको व्यस्त सबवे अर्थात् भूमिगत रेलवे स्टेशनमा बाढी आएसँगै कैयौँ हतास यात्रुहरूले भाग्ने प्रयास गरेका थिए।
र, अन्य केहीलाई बाढीले बगाएर प्लेटफर्म भन्दा टाढा पुर्‍याइदियो।
रेलको एउटा खण्डमा पानी छिरेर मानिसहरूको घुँडाबाट कम्मर हुँदै पछि घाँटीसम्म पुग्यो।


आत्तिएका यात्रुहरू सास फेर्न शरीरलाइ माथि धकेलिरहेका थिए भने कम उचाइका व्यक्तिहरूलाई अन्यले बोकिरहेका थिए।
सामाजिक सञ्जालमा देखिएका केही भिडिओहरूमा यात्रुहरू कुर्सीमा उभिएको र रेलको छतमा टाँसिएको देख्न सकिन्छ।पछिल्लो घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको बताइएको छ।

बाढीका कैयौँ कारणहरू हुन सक्छन्।

जलवायु परिवर्तनका कारण तापमान बढेको वायुमण्डलले पनि अत्यधिक वर्षाको सम्भावना बढाउँछ।झन्डै ९ करोड ४० लाख जनसङ्ख्या रहेको खनान प्रान्तले असामान्य रूपमा सक्रिय वर्षा देखिएसँगै मौसमसम्बन्धी कडा चेतावनी जारी गरेको थियो। जङ्जोमा पछिल्ला तीन दिनमा परेको पानीको मात्रा उक्त सहरमा एक वर्षमा पर्ने पानी समान रहेको बताइएको छ।

यिनिहरू पढ्न छुटे की ?