होम » गल्ती सच्याउँदै सरकार-राजपत्रमा सूचना

गल्ती सच्याउँदै सरकार-राजपत्रमा सूचना

by नागरिक टुडे

आर्थिक अध्यादेशको गल्ती सच्याउँदै सरकारले राजपत्रमा सूचना प्रकाशन गरेको छ । अध्यादेशको दफा २० र २१ मा उल्लेखित शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना मिनाहा हुने विशेष व्यवस्था अन्तर्गत बिलम्ब शुल्कको ठाउँमा ब्याज लेखिएकोमा बिलम्ब शुल्कलाई नै ब्याजसरह गणना गरिने भन्दै अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेको हो ।

मूल्य अभिवृद्धि कर ऐन २०५२, अन्तःशुल्क ऐन २०५८ र आयकर ऐन २०५८ बमोजिम २०७७ असार मसान्तभित्र भएको कर निर्धारण वा अन्तःशुल्क निर्धारण वा संशोधित कर निर्धारण उपर चित्त नबुझेर पुनरावलोकनका लागि दिएको निवेदनमा विचाराधीन रहेको मुद्दामा झुट्टा तथा नक्कली विजकबाहेकका मुद्दा करदाताले फिर्ता लिई २०७८ मंसिर मसान्तभित्रमा ५० प्रतिशत ब्याज बुझाएमा बाँकी ब्याज मिनाहा गर्ने भनिएको थियो । तर, अन्तःशुल्क ऐनमा बिलम्ब शुल्क भनिएकाले यसलाई मन्त्रालयले सच्याएको हो । यो समाचार कारोबार दैनिकमा छ ।

यिनिहरू पढ्न छुटे की ?