होम » रहेनन् वरिष्ठ कलाकार उत्तम नेपाली

रहेनन् वरिष्ठ कलाकार उत्तम नेपाली

by नागरिक टुडे

आधुनिक चित्रकलाका प्रवर्तक उत्तम नेपाली (उत्तमप्रसाद कर्माचार्य)को ८५ वर्षको उमेरमा बुधबार बिहान साढे ४ बजे निधन भएको छ । करिब तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर्सबाट पीडित नेपालीको उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको हो ।

उत्तम नेपाली गीतकार, कवि र अभिनय कलाकारका रूपमा समेत चिनिन्छन् । उनको ‘विना शीर्षकको’ नामक कवितासंग्रह प्रकाशित छ । यसैगरी ‘आमा’ र ‘हिजो आज भोलि’ चलचित्रमा अभिनयसमेत गरेका थिए । उनी निजामती सेवा प्रवेश गरी सूचना विभागको विभागीय प्रमुखका रुपमा अवकाश पाएका थिए ।
करिब पाँच वर्षदेखि स्वास्थ्य स्थिति बिग्रिँदै गएकोले बुवाको एकल चित्रकला प्रदर्शन हुन सकेन,’ नेपालीकी कान्छी छोरी प्रकृति कर्माचार्यले भनिन्, ‘उहाँको सयौं कृतिहरू प्रदर्शन हुन बाँकी छन् ।’

यिनिहरू पढ्न छुटे की ?