होम » ‘बैगुनी’ मा आस्था र मनिष

‘बैगुनी’ मा आस्था र मनिष

by नागरिक टुडे

गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘बैगुनी’ सार्वजनिक भएको छ । दीपक मैथानेको शब्द तथा विलन थापा मगरको संगीत रहेको गीतमा प्रेम र बिछोडको विषयलाई देखाइएको छ । बेलायतमा छायांकन गरिएको गीतको भिडियोमा पहिलो मिसेस युके नेपाल आस्था जोशी, मनिष श्रेष्ठ, सन्तोष राई, समिर भट्टराई र अर्जुन लिम्बूको अभिनय छ । कुशल श्रेष्ठको निर्देशन तथा छायांकन रहेको गीतमा बेलायतका रमणीय स्थललाई देखाइएको छ । निर्देशक श्रेठले भिडियोमा प्रेम विछोडको कथा प्रस्तुत गरिएको बताए ।

यिनिहरू पढ्न छुटे की ?