होम » बजरंगी भाइजान’ को सिक्वेल बन्ने

बजरंगी भाइजान’ को सिक्वेल बन्ने

by नागरिक टुडे

बलिउड अभिनेता सलमान खानको मुख्य भूमिका रहेको ‘बजरंगी भाइजान’ को सिक्वेल बन्ने भएको छ । एकाएक राम्रो व्यापार गर्न सफल यो चलचित्रलाई दर्शक र समीक्षकले रुचाएका थिए । चलचित्रले बक्सअफिसमा आकर्षक कमाइ गरेको थियो । एक्सन प्रधान यस चलचित्रमा अभिनेता सलमानसँगै हर्षली मल्होत्रा, करिना कपूर र नवाजुद्दीन सिद्दीकी लगायतका कलाकारको प्रमुख भूमिका रहेको थियो ।
चलचित्रका प्रशंसकले लामो समयसम्म यसको सिक्वेल हेर्न चाहेका थिए । चलचित्रका लेखक केवी बिजेन्द्र प्रसादले चलचित्रको सिक्वेल बनाउन आफू लागिपरेको एक टिभी अन्तर्वार्तामा बताएका छन् । यसबारे अभिनेता सलमानसँग छलफल भएको सुनाउँदै उनले आफू उत्साहित भएको जनाए ।

उनले भने, ‘म बजरंगी भाइजान–२ लेखिरहेको छु । केही समयअघि यसबारे सलमानलाई भनेको थिएँ र उनी पनि यसमा उत्साहित छन् । तर म अगाडि बढ्नको लागि उचित माध्यम चाहान्छु ।’ लेखक केवीले छिट्टै दर्शकले यस चलचित्रको सिक्वल हेर्न पाउने जनाए । ‘बजरंगी भाइजान’ मा कसरी पाकिस्तानबाट एउटी बालिका गल्तीले भारतमा रहन्छिन् भन्ने विषयलाई देखाइएको थियो । ती बालिकालाई सलमान उनको देश पाकिस्तान लिएर जान्छन् । जहाँ जाँदा उनले निकै समस्या झेल्नु परेको विषयलाई निकै रोचक ढंगले प्रस्तुत गरिएको छ । चलचित्रमा बालिकाको मनोविज्ञानलाई कलात्मक रुपमा जोडिएकाले कथा धेरै भावनात्मक छ । यस चलचित्रमार्फत् हर्षाली मल्होत्राले समेत दर्शकको धेरै प्रेम र स्नेह पाइन् ।

यो चलचित्रले अभिनेता सलमानको करिअरलाई उठान निकै सहयोग समेत पु¥याएको थियो । साथै बलिउडमा यो चलचित्र अहिले पनि सर्वाधिक कमाइ गर्ने सूचीमा समावेश छ । तीन सय करोडभन्दा धेरै कमाइ गरेको यो चलचित्र प्रदर्शनमा आएको ६ वर्ष भयो । यस्तै, अभिनेता सलमान बजरंगी भाइजानको सिक्वेलमार्फत आफ्नो नाममा नयाँ रेकर्ड गर्ने तयारीमा लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यिनिहरू पढ्न छुटे की ?