होम » पुष्प खड्काले किने कार

पुष्प खड्काले किने कार

by नागरिक टुडे

नेपाली सिनेजगतका कलाकार तथा गायककारहरुका लागि अब आफ्नै कार चढ्ने रहर परको कुरा भएन ।नेपाली सेलीब्रेटीहरुले पछिल्लो समय आफ्नै मेहनत र लगनका कारण निक्कै उन्नती गर्दै गईरहेका छन् ।केही समय अघि गायक प्रकाश सपुतले कार खरीद गरेर सामाजिक सञ्जाल निक्कै तातिएको थियो ।उनले गर्दा यहि क्षेत्रमा पनि कार चढ्न सकिदो रहेछ है भन्ने सन्देश दिएका थिए ।

अब त्यस्तै नेपाली सिनेजगतका अर्का नायकले पनि यहि सन्देश दो¥याएका छन् ।पछिल्लो समय निक्कै ब्यस्त देखिने गरेका नायक पुष्प खड्काले पनि कार खरीद गरेका छन् । हुन त यो बेला सिनेजगत पुरै ठप्प छ तर पनि नायक पुष्प चलिनै रहेका छन् ।एउटै कारण हो उनलाई म्युजिक भिडियोमा भ्याई नभ्याई रहेको छ ।

पुष्प खड्काले आफुले कार किनेको आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन् ।सोमबार उनले ७० लाखमा क्रेटाको कार खरीद गरेका हुन्। सेतो रंगको कारको घरमा पुजा गरिरहेको फोटोहरु उनले फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।उनले पुजा गरेको फोटोहरु हाल्दै क्याप्सन लेखेका छन् -सानो पाईला इज टेकिङ बिगर स्टेप ।

उनको यो क्याप्सनले प्रष्ट यो भनिरहेको छ कि सानो कदम बाटै ठुलो ठाउँमा पुग्न सकिन्छ ।पुष्प कैलालीमा जन्मिएका उनले दर्पण छाया, मंगलम, मन संग मन , तिम्रो मेरो साथ लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।

यिनिहरू पढ्न छुटे की ?