होम » प्रचण्ड र उपेन्द्र यादवले माधव नेपाललाई भेटे

प्रचण्ड र उपेन्द्र यादवले माधव नेपाललाई भेटे

by नागरिक टुडे

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । कोटेश्वरमा आज बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त कुराकानी भएको हो।

नेपाललाई भेट्न मंगलबार बिहान सवा आठ बजे कोटेश्वर पुगेका प्रचण्ड नौ बजेतिर फर्किएको स्रोतले बतायो । प्रचण्ड फर्किएलगत्तै जसपा अध्यक्ष उपेन्द्र यादव नेपाल निवासमा प्रवेश गरेका छन् । भेटमा भएको कुराकानीको विषय खुलेको छैन । यद्यपि समसामयिक राजनीति र सरकार सन्चालनका विषयमा कुराकानी भएको स्रोतले बतायो ।

यिनिहरू पढ्न छुटे की ?