होम » पुनःस्थापना पर्खंदै बाढीपहिरोपीडित : सिन्धुपाल्चोकमा २५ सयको बिचल्ली

पुनःस्थापना पर्खंदै बाढीपहिरोपीडित : सिन्धुपाल्चोकमा २५ सयको बिचल्ली

by नागरिक टुडे

सिन्धुपाल्चोक — मेलम्ची बाढीअघि नै सिन्धुपाल्चोकमा बाढीपहिरोले १७ सय परिवार विस्थापित भएका छन्। बाढीपहिरोबाट अति प्रभावितमा पर्ने सिन्धुपाल्चोकमा यसअघि पनि यस्ता घटनाबाट झन्डै १ हजार ७ सय परिवार विस्थापित जीवन बाँचिरहेका छन् ।

विस्थापित भन्छन्– ‘राहत र पालकै भरमा कतिन्जेल ?’- समाचार - कान्तिपुर समाचार

असार १ मा हेलम्बु हुँदै उर्लिएको मेलम्ची (मेलम्चीघ्याङ) खोलाको बाढीले हेलम्बुका स्थानीय र मेलम्ची खानेपानी आयोजनाका कर्मचारीसहित गरी २० अझै बेपत्ता छन् । बाढीबाट ५ जनाले ज्यान गुमाएका छन् । उक्त बाढीपहिरोले मात्रै मेलम्ची, बाह्रबिसे नगर, हेलम्बु, पाँचपोखरी थाङपाल र भोटेकोसी गाउँपालिकामा गरी झन्डै एक हजार परिवार जोखिममा छन् । सात सय परिवार विस्थापित भएका छन् । बाढीले बेपत्तामध्ये एक जनाको शव भेटियो, हेलम्बुका १४ को अवस्था अझै अज्ञात छ । १५ जनाकै परिवारलाई गाउँपालिकाले एक लाख दरले राहत दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने ‘एक महिनाभित्र अस्थायी टहरा बनाएर राख्ने र सरकारले ल्याएको विपद् कार्यविधिअनुसार ६ महिनाभित्र स्थायी बसोबास गराउने लक्ष्य छ ।’
‘सुरक्षित बासका लागि प्रबन्ध गर्दै छौं, माथिल्लो निकायले चासो नदिँदा काममा ढिलाइ भएको हो ।’ जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले भने । विस्थापितलाई सुरक्षित ठाउँमा सार्न योजना बनिरहेको बाह्रबिसे नगरकी उपप्रमुख सुशीला पाख्रिनले बताइन् ।

यिनिहरू पढ्न छुटे की ?