होम » पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

by नागरिक टुडे

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । मध्यरातदेखि पानी परिरहेका कारण पहिरो खसेको र अझै केही ठाउँमा खस्ने क्रम सुरु भएको प्रहरीले जनाएको छ । पहिरो खसेपछि दुवैतर्फ गाडी रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् ।

रासस

यिनिहरू पढ्न छुटे की ?