होम » कांग्रेस शीर्ष नेताको बैठक बस्दै

कांग्रेस शीर्ष नेताको बैठक बस्दै

by नागरिक टुडे

आज नेपाली कांग्रेस शीर्ष नेताको बैठक बस्ने भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीका पदाधिकारी तथा पूर्वपदधिकारीको सहभागिता रहनेछ। बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्यता विवादलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

यसअघि क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन गर्न सकेको छैन । अन्य दलबाट आएकालाई क्रियाशील सदस्यता प्रदान गर्ने विधिलाई लिएर कांग्रेसभित्र विवाद छ।

अर्को तर्फ, शतप्रतिशत भन्दा बढी सूचीकृत भएका स्थानका क्रियाशील सदस्य कुन आधारमा समावेश गर्ने भन्ने मापदण्ड तय हुन सकेको छैन। चार तहबाट प्रमाणित नभइ सूचीकृत भएका क्रियाशील सदस्यको सन्दर्भमा कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि अन्योल छ।

आजको बैठकले क्रियाशील सदस्यको नामावलीसम्बन्धी मापदण्ड तय गर्ने बताइएको छ। साथै आजको बैठकले यसअघि देखिएको अन्य दलबाट कांग्रेस प्रवेश गरेकाहरुको समायोजन विधिसमेत तय गर्ने बताइएको छ ।

यिनिहरू पढ्न छुटे की ?