होम » सुरुङमार्ग डिजाइन गर्न आइपुग्यो चिनियाँ टोली

सुरुङमार्ग डिजाइन गर्न आइपुग्यो चिनियाँ टोली

by नागरिक टुडे

काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतको दोस्रो प्याकेजको सुरुङमार्ग सहित पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा आएको छ ।नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नम्बर २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोली काठमाडौँ आएको हो।

राष्ट्रिय गौरवको प्राथमिकताप्राप्त काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित धेद्रे–लेनडाँडा सुरुङमार्ग रु २८ अर्ब ५३ करोड लागतमा निर्माण गर्न पोली च्याङ्दासँग गत वैशाख ३१ गते सम्झौता भएको थियो।म्झौता भएको छ महिनाभित्र डिजाइनको काम पूरा गर्ने अठोट र तदारुकता देखाएर पोली च्याङ्दाको टोली काठमाडौँ आएको हो। डिजाइन तयार भएको तीन वर्षभित्र सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

वैशाख ३१ गते ठेक्का सम्झौता भएअनुसार उक्त कम्पनीका १४ जनाको समूह बुधवार चार्टर विमानबाट नेपालमा आएको हो । नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले दोस्रो प्याकेजको ठेक्का पाएको उक्त कम्पनीका ती अधिकारीहरू आएको जानकारी दिएका हुन् । ‘यो टीममा प्रोजेक्ट म्यानेजर, टनेल ९सुरुङमार्ग०, ब्रिज ९पुल०, सडक इन्जिनीयरलगायत आवश्यक पर्ने विज्ञहरू छन्,’ पौडेलले भने, ‘यो टोलीले यी संरचनाहरूको डिजाइन गर्नेछ भने पीसीआर परीक्षण र होटेल क्वारेन्टाइन बसिसकेपछि फिल्डमा खटिनेछ ।’

यिनिहरू पढ्न छुटे की ?