होम » पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र ट्र्याकमा ल्याउन ढिलाइ गर्न नहुने बताएका छन्
gofF zlQm kf6L{sf] s]G›Lo sfof{no aa/dxndf cfof]lht kqsf/ ;Dd]ngdf af]Nb} ;+of]hs Pj+ k"j{ k|wfgdGqL 8f afa'/fd e§/fO{ tl:a/ slag clwsf/L sflGtk'/

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र ट्र्याकमा ल्याउन ढिलाइ गर्न नहुने बताएका छन्

by नागरिक टुडे

बाबुरामको प्रतिक्रिया: कोभिड खोप जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र ट्र्याकमा ल्याउन ढिलाइ गर्न नहुने बताएका छन् ।उनले अब कसैलेपनि गल्ती दोहोर्याउन नहुने भन्दै सबैले बेलैमा चेत्नुपर्नेमा जोड दिएका छन् । अरु देश आफ्ना नागरिकलाई कोभिड खोप जुटाउन व्यस्त रहँदा हामी चाहिं कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय–शक्ति खर्चिरहेको भन्दै उनले अब चाहिँ बेलैमा चेत्नुपर्ने उनले ट्वीटरमा उल्लेख गरेका छन् । ‘अरू देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड९१९ खोप जुटाउन व्यस्त छन्,हामी चाहिं कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय–शक्ति खर्चने भयौं’, उनले भनेका छन्, ‘अब त चेतौं–छिटो संवैधानिक परिषद विधेयक खारेजी र संसद पुनर्स्थापना गरेर संविधान–लोकतन्त्र ट्र्याकमा ल्याऊ! अदालत–दलनागरिकले आआफ्नो धर्म निभाऊॅ

यिनिहरू पढ्न छुटे की ?