होम » मेलम्चीलाई सेनाको सहयोग आवश्यक

मेलम्चीलाई सेनाको सहयोग आवश्यक

by नागरिक टुडे

असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको निर्माणाधीन बाँध, पानी प्रशोधन केन्द्रसहितको संरचना पुरियो । बाढीपछि सुरुङ खाली गर्न नै समस्या पर्ने अवस्था आएको छ । खाली भएपछि पनि सुरुङसहितको हेडवर्क्सका संरचना पनि जाँच्नुपर्ने हुन्छ । यदि बाँधमा क्षति पुगेको अवस्था भए अस्थायी बाँध बनाएर मात्रै पानी सुरुङमा हाल्न सकिन्छ।

हेडवर्क्स क्षेत्रको ड्रोन भिडियोको विश्लेषणपछि आयोजनाको निष्कर्ष छ, ‘हेडवर्कससम्मको पहुँचमार्ग जति छिटो बन्छ, त्यति नै छिटो आयोजनाको काम फेरि सुरु गर्न सकिन्छ ।’ आयोजनालाई तत्कालै आयोजनाको सुरुङ खाली गराउन अम्बाथानको अडिट सुरुङसँगैको गेट खोल्नुपर्ने बाध्यता छ । आयोजनासम्म पहुँच सडक पुनस्थापित नभई यो काम सहज छैन । त्यसैले आयोजनाका अधिकारीहरु सरकारको पहलमा सेनाको सहयोग लिएर यो काम फत्ते गर्न सकिन्छ कि भन्ने अपेक्षामा छन् ।

यिनिहरू पढ्न छुटे की ?