होम » मेगा बैंकका ग्राहकले फोनबाटै २ लाखसम्म कर्जा लिन सक्ने

मेगा बैंकका ग्राहकले फोनबाटै २ लाखसम्म कर्जा लिन सक्ने

by नागरिक टुडे

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकको सुविधाका लागि स्मार्टफोनबाट तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ ।

ग्राहकलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उद्देश्यले बैंकले एफवान सफ्ट इन्टरनेसनलसँग सहकार्य गरी यो कर्जा सुविधा ल्याएको हो ।बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघसंस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम रु। २ लाख उपभोग गर्न सक्नेछन् ।

बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोनमार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने बैंकका डिजिटल तथा ई-बैंकिङ प्रमुख विश्व सिंहले बताए ।

मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलायन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा गरिनेछ भने कर्जा लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नु नपर्ने र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनुपर्दैन । कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाइन मार्फत पुरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?