होम » प्रचण्ड-मनाङेको भेट, सामाजिक सञ्जालमा चर्चा !

प्रचण्ड-मनाङेको भेट, सामाजिक सञ्जालमा चर्चा !

by नागरिक टुडे

गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेका छन् ।

उनले प्रचण्डसँग भएको भेटघाटको तस्बिर सार्वजनिक गरेका हुन् । मनाङेले भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए ।उनी गण्डकी प्रदेशमा प्रभावशाली मन्त्रालय मागिरहेको समाचार बाहिर आइरहेका छन् ।

मनाङे त्यसकै लविङका लागि प्रचण्डसँग भेट गरेको हुन सक्ने सम्भावना छ ।मनाङले प्रचण्डलाई खुमलटारस्थित उनकै निवासमा भेट गरेका हुन् ।

यिनिहरू पढ्न छुटे की ?