होम » ज्वाला संग्रौला सहित तीन जना पक्राउ

ज्वाला संग्रौला सहित तीन जना पक्राउ

by नागरिक टुडे

अभद्र व्यवहार गरेको आरोपमा सामाजिक अभियान्ता भनेर सामाजिक सञ्जालमा प्रचार गर्दै आएकी ज्वाला संग्रौला सहित तीनजना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ परेका छन् । पीडित खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई दुर्व्यवहार गरेको पनि आरोप छ । केही दिन अगाडि प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध रङ्गभेदी अभिव्यक्ति दिएको भन्दै उनको विरोध भएको थियो । उनीहरुविरुद्ध मधेसी आयोगमा बुधबार उजूरी परेको थियो । सामाजिक अभियान्ताको भेसमा ठगी गरेको भन्दै उनीहरुको आलोचना हुने गरेको छ । ज्वालाको समूहसँगै प्रहरीले घिमिरे समूका दुई जनालाईसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैमाथि अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ ।

यिनिहरू पढ्न छुटे की ?