होम » हेलम्बुमा बग्याे वडा कार्यालय, प्रहरी चौकी र विद्यालय भवन

हेलम्बुमा बग्याे वडा कार्यालय, प्रहरी चौकी र विद्यालय भवन

by नागरिक टुडे

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालय भवन बाढीले बगाएको छ।शुक्रबार राति हेलम्बु गाउँपालिका– २ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालय भवन बाढीकै कटानका कारण भत्केको छ ।

हेलम्बु– ४ कै ग्याल्थुममा रहेको विद्यालय ईस्ट प्वाइन्ट एकेडेमीको भवन बगेको हो ।भवनहरूमा रहेका केही महत्वपूर्ण सामानहरू भने पहिल्यै नै सुरक्षित स्थानमा सारिएको थियो। यसअघि नै ती भवनहरू जोखिम सूचीमा राखिएका थिए । शुक्रबार राति आएको थप बाढीले कटान लागेपछि ती भवन बगाएको हो । शुक्रबारको बाढीमा थप मानवीय क्षति भने नभएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिएका छन् ।

यिनिहरू पढ्न छुटे की ?