होम » मिल्खा सिंहको शुक्रबार राति चन्डीगढमा निधन

मिल्खा सिंहको शुक्रबार राति चन्डीगढमा निधन

by नागरिक टुडे

फ्लाइङ सिख’ को नामले चर्चित मिल्खा सिंहको शुक्रबार राति चन्डीगढमा निधन भएको छ ।इन्डियन एक्सप्रेसका अनुसार ९१ वर्षीय सिंहलाई गत महिना कोरोना भाइरस संक्रमणले छोएको थियो । सिंहले सन् १९५८ मा टोकियोमा आयोजित एसियाली खेलकुदमा २०० र ४०० मिटरको दौडमा स्वर्ण पदक जितेका थिए ।

त्यस्तै सन् १९६२ मा जकार्तामा आयोजित एसियाली खेलकुदमा ४०० ४०० मिटर रिले दौडमा पनि उनले स्वर्ण पदक जितेका थिए । मिल्खा सिंहको जीवनीमा आधारित भएर राकेश ओमप्रकाश मेहराको निर्देशनमा ‘भाग मिखा भाग’ चलचित्र समेत बनेको थियो ।

यिनिहरू पढ्न छुटे की ?