होम » १० जिल्लामा सङ्क्रमण दर उच्च

१० जिल्लामा सङ्क्रमण दर उच्च

by नागरिक टुडे

देश भरि कडा निषेधाज्ञा हाल पनि कायम छ, कडा निषेधाज्ञाले सङ्क्रमण दरलाई कहिँ हदसम्म नियन्त्रणमा आएको छ तर पनि देश भरि कोरोना सङ्क्रमण दर कम भएको दखिए पनि पछिल्ला दुई सातामा उदयपुर, पाँचथर, तेह्रथुम, नवलपरासी पूर्व, रोल्पा, हुम्ला, जुम्ला, रुकुम पश्चिम, डोटी र दैलेखमा सङ्क्रमित बढ्ने क्रममा देखिएको आइतवार स्वास्थ्य मन्त्रालयले जनाएको थियो। सहरी भेगमा लगभग झण्डै डेढ महिनादेखि लगाइएको निषेधाज्ञा कडा रुपमा पालना भएकै कारणले गर्दा कोरोनालाई कहिँ नियन्त्रणमा आएको हो तर विकट-दुर्गम भेगमा कडिकडाउका अभावमा त्यसो हुन नसक्दा उदयपुर, पाँचथर, तेह्रथुम, नवलपरासी पूर्व, रोल्पा, हुम्ला, जुम्ला, रुकुम पश्चिम, डोटी र दैलेखमा सङ्क्रमित बढेको स्वास्थ्य अधिकारीहरू बताउँछन्।

निर्देशक डा. रविन खड्का भन्छन्, “गाउँगाउँमा निकै जटिल अवस्था भएर अस्पताल नल्याउँदासम्म परीक्षण भएकै थिएन। अहिले हामीले डेढ लाखजति एन्टिजन किट पठाएपछि बल्ल विवरण आउन थालेका हुन्।” “गाउँहरूमा भाइरस फैलिएको यथार्थ हो तर अहिले थाहा हुन थाल्दा त्यसको बढ्दो क्रम देखिएको हो।” “पहिले पनि आशङ्का गरिएकाहरूको मात्र परीक्षण धेरै हुनु भनेको सङ्क्रमित पहिचान दर उच्च हुनु थियो।” मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले समेत लुकेका घटनाहरू देखा पर्न थालेको अवस्थाका कारण ‘अहिले नै सहज भइसक्यो भन्न नसकिने’ बताउँछन्। सरकारी विवरण अनुसार पछिल्ला सातामा औसत दैनिक पन्ध्र हजारका सङ्ख्यामा परीक्ष

यिनिहरू पढ्न छुटे की ?