होम » कोरोना भाइरस सङ्क्रमणःमानसिक स्वास्थ्यमा नराम्रो प्रभाव

कोरोना भाइरस सङ्क्रमणःमानसिक स्वास्थ्यमा नराम्रो प्रभाव

by नागरिक टुडे

नेपालमा पछिल्लो समय नियमित रूपमा निषेधाज्ञा लागू भइरहेको छ । कोरोनाको दोस्रो लहर (भेरियेट) को संक्रमण बढेसंगै देशभर यसको माहामारीले गम्भीर प्रभाव पारेको छ । केही समयदेखि यता कोरोनाबाट हुने संक्रमण र मृत्यु दर न्यूनीकरण भइरहेकाे छ भने निको हुनेको सङ्ख्या पनि नियमित रुपमा प्रभावकारी रहेको तथ्यांकले देखाएको छ । गत वर्ष पनि यसैगरी छ महिना हाराहारीको लागि निषेधाज्ञा अपनाइएको थियोे । नियमित रुपमा भइरहेको निषेधाज्ञाका कारण मानिसहरूको स्वास्थ्य , राेजगार , पेशा , व्यापार , शिक्षा , आदि जस्तै पारिवारिक कठिनाईहरु पनि बढ्एको छ । धेरै मानिसहरूको आम्दानीको स्रोत नभएपछि आफ्नो र आफ्ना परिवारजनहरुको जीविकोपार्जन चलाउँन धाैँ धाैँ परेको छ । जसका कारण धेरै मानिसहरु मानसिक तनाब र समस्याहरु बाट गुजि्रहेका छन् । अहिलेको यस समयमा धेरैको मानसिक स्वास्थ्यमा नराम्रो प्रभाव परिरहेकाे छ।

मानसिक स्वास्थ्य भनेको के हो ?

विश्व स्वास्थ्य संगठनका अनुसार, मानसिक स्वास्थ्य भनेको “एक कल्याणको अवस्था हो जसमा प्रत्येक व्यक्तिले आफ्नो क्षमताको अनुभव गर्छ, जिवनमा आउने सामान्य तनाव सामना गर्नसक्छ, उत्पादनमुलक र फलदायी काम गर्न सक्छ र उसको समाजमा योगदान गर्न सक्षम हुन्छ ।” यस माहामारीको अवस्थामा मानिसहरूसगँ भएको विभिन्न स्रोतको कमी र मानसिक तनाबका कारणले पनि धेरैको मानसिक स्वास्थ्य कमजोर भइरहेको छ । खास गरी युवा वर्गहरु यस मानसिक स्वास्थ्य समस्याको चपेटामा पर्न पुगेका छन् । गरिबी , पारिवारिक समस्या , शिक्षा अथवा पेशामा असफलता , आदि विभिन्न कारकले गर्दा अहिले धेरै मानिसहरु तनाब र डिप्रेसनको सिकार हुन पुगेका छन् ।

मानसिक बिरामी र डिप्रेसनका कारण धेरैले आत्महत्यासम्म गर्न पुगेका छन् । यस माहामारीको अवस्थामा विभिन्न समस्याबाट हार खाएर धेरै मानिसहरूले आफ्नो ज्यान गुमाउन पुगेका छन् भने केही अझै पनि डिप्रेसन मै जुधिरहेका छन् । नेपाल प्रहरीको २०७७ को तथ्यांक अनुसार निषेधाज्ञाको समयमा नै २०००(दुई हजार) भन्दा बढी माानिसहरुले आत्महत्याबाट आफ्नो ज्यान गुमाएका छन् , जसमा अधिक्तम मृत्युु हुने उमेर समूह (१५-५९) रहेको छ । र सो क्रम अहिलेको समयमा पनि उत्तिकै रहिआएको विभिन्न स्रोत र समाचारले बताई रहेको छ । यस निषेधाज्ञाको अवस्थामा धेरै मानिसहरु कुनै न कुनै मानसिक तनाब वा यातनाबाट गुजि्ररहेका हुन्छन् । यस समयमा परिवार तथा साथीभाइहरु सङ्ग राम्रो समय बिताइ धेरै तनाबबाट छुट्टकारा पाउँन सकिन्छ । आफुलाई मन पर्ने मनोरञ्जनात्मक कार्यक्रम , चलचित्र , साहित्यिक वा विभिन्न किताबहरु पढ्ने र हर्ने हो भने पनि मानसिक रुपमा ताजा रहन सकिने चिकित्सकहरुको भनाइ छ। आफ्नोे पेशा गुमाइ आर्थिक समस्या भोगिरहेका मानिसहरुलाइ सरकार तर्फबाट राहतको व्यवस्था मिलाइ सम्पूर्ण आम मानिसहरुमा मानसिक स्वास्थ्यको महत्त्वको बारेमा जनचेतनामूलक कार्यक्रमहरु पनि ल्याउन आवश्यक छ। हामी सम्पूर्णले यस माहामारीको समयमा धैर्य धारण गरि एक आपसको सक्दो सहयोग गरियो भने पनि धेरै मानिसहरूलाइ बचाउँन र स्वास्थ्य बनाउन सकिन्छ।

यिनिहरू पढ्न छुटे की ?