होम » सिनोभ्याकको खोपले नेपालमा पायो आपतकालीन प्रयोगको अनुमति

सिनोभ्याकको खोपले नेपालमा पायो आपतकालीन प्रयोगको अनुमति

by नागरिक टुडे

औषधि व्यवस्था विभागले कोरोना विरुद्धको चिनियाँ खोप ‘कोरोनाभ्याक’लाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ ।

चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले बनाएको कोरोनाविरुद्धको खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइएको हो । यो खोप डब्लूएचओबाट अनुमति पाउने दोस्रो चिनियाँ कोरोना खोप बनेको छ ।

विभागले विज्ञप्ति जारी गरेर ‘कोरोनाभ्याक’ लाई आपतकालिन प्रयोगको अनुमति प्रदान गरिएको जानकारी दिएको हो । यो खोप आयातका लागि बायोमेट्रिक्स प्रालीले आवदेनसमेत दिइसकेको विभागले जनाएको छ ।

विभागले यसअघि चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोपलाई पनि नेपालमा प्रयोगको अनुमति प्रदान गरेको थियो । डब्लूएचओले उक्त खोप १८ वर्ष र त्यसभन्दा माथिका उमेर समूहलाई लगाउन सिफारिस गरेको छ ।

दुईदेखि चार हप्ताको बीचमा ‘कोरोनाम्याक’ खोप दुई मात्रा लगाइसक्नुपर्ने डब्लुएचओले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?