होम » प्रधानमन्त्री केपी ओलीद्वारा नेपाललाई खोप दिन यूकेलाई आग्रह

प्रधानमन्त्री केपी ओलीद्वारा नेपाललाई खोप दिन यूकेलाई आग्रह

by नागरिक टुडे

नेपालका प्रधानमन्त्रीले ब्रिटिश समकक्षी बोरिस जोनसनलाई आफूहरूलाई खोप अत्यावश्यक भएको भन्दै सहयोगका लागि आग्रह गरेका छन्।

कोरोनाभाइरसको कहालीलाग्दो दोस्रो लहरसँग जुझिरहेको देशका केपी शर्मा ओलीले बीबीसीकी दक्षिण एशिया संवाददाता रजनी वैद्यनाथनसँग कुरा गर्दै दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा त्यसो गर्नु ब्रिटेनको दायित्व हुने बताएका हुन्।

ओलीले यूकेका लागि नेपाली गोर्खा सैनिकहरूले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा नेपाल उसको प्राथमिकतामा पर्नुपर्ने बताएका हुन्।

नेपालमा पछिल्लो महिना दैनिक नौ हजारभन्दा धेरै सङ्ख्यामा दैनिक सङ्क्रमण पुष्टि हुने गरेको थियो।

ओलीले भने, “म ब्रिटिश सरकारलाई, खासगरी प्रधानमन्त्री बोरिस जोनसनलाई, नेपालको अवस्था र हामी कसरी दु:ख पाइरहेका छौँ भन्ने जानकारी गराउँदै केही गर्न भन्न चाहन्छु।”

यिनिहरू पढ्न छुटे की ?