होम » परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको सम्पत्ति विवरण सार्वजनिक

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको सम्पत्ति विवरण सार्वजनिक

by नागरिक टुडे

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारबाट बाहिरिएपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्‌। उनले आफू मन्त्री बनेपछि सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी दिएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञवालीलाई हटाएर रघुवीर महासेठलाई परराष्ट्रमन्त्री बनाएका थिए । त्यसपछि ज्ञवालीले झण्डै सवा ३ वर्ष परराष्ट्रमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले पाएको तलब-भत्ताबाट पार्टीलाई दिएको लेभी र कर कट्टीपछिको बचत विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्‌।

उनले यस अवधिमा विदेश भ्रमणबापतको लेभी ३,१४,९३०। र पारिश्रमिक बापतको लेभी ६,२०,०००। गरी जम्मा ९,३४,९३०। पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको जानकारी दिएका छन् । त्यस्तै हाल उनको खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी पनि उनले गराएका छन् ।

यिनिहरू पढ्न छुटे की ?