होम » जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष ओली सरकारमा सहभागी

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष ओली सरकारमा सहभागी

by नागरिक टुडे

राजेन्द्र महतो उपप्रधानमन्त्री, जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) मन्त्रीपरिषद् पुनर्गठन गर्दैछन् ।जसपा स्रोतका अनुसार उपप्रधानमन्त्रीसहित आठ मन्त्री र दुई राज्यमन्त्रीसहित १० जनालाई साँझ ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउने तय भएको छ । जसपा नेता डा. सुरेन्द्रकुमार झाका अनुसार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच आज बालुवाटारमा भएको वार्तामा सरकारमा जाने सहमति भएको बताए ।

उनका अनुसार उपप्रधानमन्त्रीको हैसियतमा वरिष्ठ नेता राजेन्द्र महतो शहरी विकास मन्त्री हुँदैछन् । स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्नेछन् । यी हुन् नयाँ मन्त्रीहरु राजेन्द्र महतो –उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालय चन्द्रकान्त चौधरी –(राज्यमन्त्री, ऊर्जा) रेणुका गुरुङ (राज्यमन्त्री, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय

यिनिहरू पढ्न छुटे की ?