होम » नेपालसहित १६ एसियाली मुलुकलाई अमेरिकाले कोरोनाविरूद्धको खोप उपलब्ध गराउने

नेपालसहित १६ एसियाली मुलुकलाई अमेरिकाले कोरोनाविरूद्धको खोप उपलब्ध गराउने

by नागरिक टुडे

अमेरिकी खोप अनुदान श्रोतका आनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले जारी गरेको वक्तत्वमा जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वलाई बाँड्ने योजनाबमोजिम अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण गर्ने र सो खोप प्राप्त गर्ने प्राथामिकतामा संसारभरि उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरू पर्ने बाताइएको छ। जस भित्र नेपाल पर्ने भएको छ।

काठमाण्डूस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमा नेपाललाई प्रत्यक्ष सहयोगसहित कोभ्याक्स मार्फत् ७० लाख खोप एसियाली देशहरूलाई दिइने जनाएको छ। उत्त खबरलाई राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टीका ढकालले ट्वीटमार्फत साे कुराको जानकारी दिएका हुन् । साथै प्रधानमन्त्री केपी ओलीले एक ट्वीट गर्दै नेपाललाई अमेरिकी खोप सहयोगको निर्णयको स्वागत गरेका छन्। उनले अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिलाई जीवन रक्षक खोपको निम्ति नेपालले गरेको अपीललाई स्वीकार गरेकोमा धन्यवाद दिएका छन्।

अमेरिकी खोप कसलाई कति ?? अमेरिकी राष्ट्रपति जो बाइडेनले जारी गरेको वक्तत्वमा पहिलो चरणमा २.५ करोड करोड डोज खोप वितरण गर्न लागिएको जानकारी दिइएको छ । यसमध्ये ७५ प्रतिशत अर्थात् १.९ करोड डोज खोप कोभ्याक्सकाे माध्यमबाट वितरण गरिने बताएको छ । यसमध्ये ६० लाख डोज ल्याटिन अमेरिका, ७० लाख डोज दक्षिण र दक्षिण पूर्वी एसियामा र ५० लाख डोज खोप अफ्रिकामा वितरण गरिनेछ । बाँकी ६० लाख डोज अमेरिकाले कोरोना महामारीको गम्भीर चपेटामा रहेका राष्ट्र, छिमेकी र पार्टनरहरुलाई वितरण गर्ने बताइएको छ ।

यिनिहरू पढ्न छुटे की ?