होम » किसानको खेतिले पाएन् बजार

किसानको खेतिले पाएन् बजार

by नागरिक टुडे

निषेधाज्ञा भए सँगै किसानलाई आफ्नो खेतिको उचित बजार पाउन गाह्रो भएको हो। जेठ १४ गते दखि कडा निषेधाज्ञा भएता पनि जेठ २१ बाट सामान ढुवानी गर्न पाउने भनिए पनि ग्रामीण भेगमा भएका उत्पादनले बजार नपाएको नुवाकोटका किसानहरू बताउछन्। नुवाकोट जिल्ला ताकी गाउँपालिका वडा नम्बर ५ का दीपक खनाल आफ्नो खेतमा उत्पादित तरकारी बेच्न नपाएपछि लगानी समेत उठाउन नसक्ने चिन्ताले सताएको सुनाउँछन्। युवा रोजगारीका लागि विदेश जाने बढदाे चलनमा देशमै कहिँ गर्छु भनेलाई पनि उचित व्यवस्था नभएको पिएको छ। यसरी किसनहरुलाई बजार दिन नसक्नुमा कसको कमजोरी हो र कसलाई दोस लगाउने ?? किसानले भन छन्।

नुवाकोट जिल्ला ताकी गाउँपालिका वडा नम्बर ५ का दीपक खनाल भनछन् अहिले गोलभेँडा, बन्दा, खुर्सानी, भान्टा, काँक्रो, घिरौँला, सिमी लगायतका तरकारी तयार भए पनि विक्री गर्न पाएका छैनन्। उनले भने, “हाम्रो तरकारी खेर गयो, केही कुहिएर गयो, केही काटेर खाल्डोमा हाल्यौँ।” “सरकारले अहिलेको अवस्थामा उत्पादन भएका तरकारीहरूलाई शीतभण्डारमा राखेर पछिको लागि हुने त्यस्तो सोच बनाएर काम गरे हुन्थ्यो, हामी कृषकको समस्या बुझिदिए राम्रो हुन्थ्यो।” केही तरकारी गाउँगाउँ डुल्दा सस्तोमा विक्री भएको तर केही नबिकेर खाल्डोमा फाल्न बाध्य भएको उनले बताए।

यिनिहरू पढ्न छुटे की ?