होम » नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ??

नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ??

by नागरिक टुडे

नेपालमा हालसम्म यूकेमा देखिएको अल्फा भेरियन्ट र भारतमा देखिएका डेल्टा तथा कापा भेरियन्ट पुष्टि भएको छ। नेपालमा दोस्रो लहरका क्रममा उच्च सङ्क्रमण दर देखिनुको कारण डेल्टा भेरिअन्ट नै रहेको स्वास्थ्य अधिकारीहरूले बताउँदै आएका छन्। तर ब्रिटेनको एउटा पत्रिकाले नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट देखिएको दाबीसहित समाचार छापेपछि त्यसबारे विभिन्न चर्चापरिचर्चा सुरु भएको छ।नेपालमा देखिएको कोरोनाभाइरसको त्यो नयाँ भेरिअन्ट बेलायतीहरुको बिदाका निम्ति खतरनाक हुन सक्ने सामाचारमा उल्लेख गरिएको छ । उत्त समाचार आनुसार “नेपालबाट सुरु भएको ठानिएको नयाँ प्रकार युरोपमा पनि फैलिसकेको र तिनमा कोभिड खोपहरूले काम गर्न नसक्ने वैज्ञानिकहरूको आशङ्का रहेको” छ।

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको भन्नेबारे आफूहरु अवगत नरहेको विश्व स्वास्थय संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनको नेपाल हेर्ने एजेन्सीले ट्वीट गर्दै भनेको छ – ‘नेपालमा सार्स कोभ २ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु अल्फा, डेल्टा र कप्पा हुन् । यी तीन मध्ये नेपालमा हाल सकृय रहेको भेरियन्ट डेल्टा हो ।’ भाइरसविज्ञ डा. लुना भट्ट शर्मा कुनै पनि देशमा नयाँ भेरिअन्ट देखिएको दाबी गर्नुअघि पर्याप्त वैज्ञानिक आधार हुनुपर्ने बताउँछिन्। “नयाँ भेरिअन्ट छ भन्नलाई त आधिकारिक स्रोतमार्फत्‌ जानुपर्ने हुन्छ। त्यसका लागि जीन सीक्वन्सिङ हुनुपर्यो र त्यसको नतिजा आउनुपर्यो। अरूभन्दा के फरक छ भन्ने हुनुपर्यो,” उनले आफ्नो कुरा राखेकी थिइन।

यिनिहरू पढ्न छुटे की ?