होम » ऋण लगानीमा सरकारको हेलचक्राई (३१ अर्ब ५९ करोडको हिसाव गायव)

ऋण लगानीमा सरकारको हेलचक्राई (३१ अर्ब ५९ करोडको हिसाव गायव)

by नागरिक टुडे

सरकारले आर्थिक वर्ष २०७६/०७७ सम्म ४४ वटा सार्वजनिक संस्थानमा गरेको ऋण लगानी गरेको पिएको छ तर उत्त लगानी मध्य रु.३१ अर्ब ५९ करोड बराबरको संस्थानहरुले देखाएको हिसाव र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणमा उक्त रकम फरक देखिएको हो । सरकारले सार्वजनिक संस्थानमा हालसम्म कुल २ खर्ब ३० अर्ब ८९ करोड ८ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

सार्वजनिक संस्थानहरुले अर्थ मन्त्रालयमा पठाएको विवरणमा भने सरकारले १ खर्ब ९९ अर्ब २९ करोड ९३ लाख मात्र उपलब्ध गराएको हिसाव छ । यसअनुसार, ऋण लगानीको साढे ३१ अर्ब भन्दा बढी रकम गायव भएको छ। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख दीर्घराज मैनाली सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र सार्वजनिक संस्थानहरुबाट आएको फरक वितरण सार्वजनिक भएसँगै अब खोजिनीति हुने बताउँछन् ।

यिनिहरू पढ्न छुटे की ?