होम » नेपाल र नेपालीको अवस्था ( कोरोना महामारी )

नेपाल र नेपालीको अवस्था ( कोरोना महामारी )

by नागरिक टुडे

विश्वभरी फैलिरहेको कोरोनाको माहामारीले धेरै देशको अर्थ ब्यवस्थामा ठुलो कठिनाई र चुनौति बढाएको छ । कोरोना माहामारीमा संसारका सबै देशहरू जुधिरहेका बेला आज नेपाल पनी उच्च सूचीमा रहेको देखिन्छ | नेपालले हरेक दिन ६ हजार भन्दा बढि कोरोना सङ्क्रमण पुष्टि गरे संगै मृत्यु को सङख्या भने १०० भन्दा माथि नै रहेको पाइन्छ। र अहिले कोरोनाको कारण देशभर नै निषेधज्ञा गरिएको अबस्था छ भने अर्थ व्यवस्था , शिक्षा , राेजगारी , व्यापार , कृषि , यातायात , सामाजिक सेवा , आदिमा यस निषेधाज्ञाले प्रत्यक्ष रुपमा प्रभाव पारेको छ ।यस माहामारीकाे बेलामा धेरै परिवारहरु गरिबीमा मात्र नभई घर-बार बिहिन पनि भएका छन् ।

ठूला सहरमा अवसर र राेजगार खोज्दै आएका धेरै मानिसहरु यस अवस्थामा आफ्नो जीविकोपार्जन चलाउँन र व्यवस्थापन गराउन उनीहरूलाई चुनाैती पुगेको छ । स.न.२०१८ को मुल्यांकन अनुसार नेपालमा गरिबीको सङ्ख्या २१% पाइएको थियो भने बिशेषज्ञका अनुसार कोरोनाको कारणले यो क्रम बढ्दो छ। बिगत वैशाख १४ गते देखि निषेधज्ञा लागु भएकाले गर्दा ब्यापारी हरूको अबस्था कमजोर भएको ब्यापारीहरु बताउँछन्। निषेधज्ञाकै कारणले धेरै लग्जरीयस होटल र केही सपिङ कम्प्लेक्सहरू सधैंका लागि बन्द भएकाछन्। निषेधज्ञा भन्दा अगाडि निम्न वर्ग बाट मध्यम वर्गी मा प्रबेश भएका १२ लाख मानिस फेरि दुई छाक टार्न गारो परिरहेको र १६ लाख भन्दा बढी मानिसले रोजगारी गुमाएको कुरा सरकारी तथ्याङ्कमा उल्लेख छ।

ब्यापारीहरु भन्छन् ब्यापार गर्न नपाउदा पनि किस्ता रकम हरू छुट नभएकाले जिबि चलाउन गाह्रो परिरहेको छ। केन्द्रीय सरकार द्वारा सेवा परामर्शका लागि बिसेष जोड दिएता पनि एस्तो कठिन समयमा स्थानीय सरकार द्वारा बस्ति जबरजस्ती खाली गर्ने खाल्का अनैतिक कार्यहरू भएको देखिन्छ। बिशेषज्ञहरू भन्छन् देश गरिबी तिर ढकेलिनुको मुख्य कारण राजनीतिक अस्थिरता हो।।। यही जेष्ठ १५ गते सार्वजनिक भएको आर्खिक वर्ष २०७८/०७९ को अनुमानित आय-व्ययको अनुसार भुमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि रु.८ अर्ब २१ कराेड बिनियोजन गरिएको छ , आशा छ सो रकम यस माहामारीले ग्रशीत गरिब परिवारहरुको जीवनमा टेवा पुर्याउने छ । साथै यस कोरोना माहामारीको अवस्था र चुनौतिको पहिचान र समिक्षा गरि आगामी दिनहरुमा गरिब तथा असाहय वर्गका मानिसहरुलाई राेजगार र शिक्षा प्रदान गर्ने कार्यक्रमको थालनी गर्नु पर्छ ।

यिनिहरू पढ्न छुटे की ?