होम » उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

by नागरिक टुडे

काठमाडौँ उपत्यकाको तिनवटै जिल्लामा निषेधाज्ञा केही खुकुलो निर्णय भएको छ । कोरोनाको कहर केहि मात्रामा नियन्त्रण भएसँगै जनताको समस्या मध्यनजर गर्दै निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय भएको छ।

जेठ १४ गते सम्मको निषेधाज्ञा पुन लम्बाई २० गते सम्म पहिले को भन्दा कडा निषेधाज्ञा गरिएको छ। खाद्यान्न पसलसमेत बन्द गरिएको छ । अत्यावश्यक काम नपरि हिँडनेलाई कारबाही गर्ने गरिएको छ । तर अब निषेधाज्ञा थप्दा विकास निर्माण र खाद्यान्नको क्षेत्र खुकुलो बनाउने निर्णय भएको हो । यसबारे निर्णय गर्न काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसे सँगै बैठकले खाद्यान्न बिक्रीको लागि मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न दिने तयारी गरेको बताइएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले अब थपिने निषेधाज्ञामा खाद्यान्न बिक्रीको लागि किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न दिने तयारी गरिएको जानकारी दिए । बुधबार बिहान १० बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले यस बारेमा निर्णय गर्नेछ । बैठकले थप एक साता निषेधाज्ञा थप्ने तयारी समेत गरेको छ ।

भट्टराईका अनुसार काठमाडौं उपत्यकामा पूर्वाधार निर्माण पनि खुला गरिने भएको छ । निर्माण क्षेत्रमा नै कर्मचारी राखेर सञ्चालन गरिने पूर्वाधार निर्माण कार्य स्वास्थ्य मापदण्ड पूरा गरेर अघि बढाउन सक्ने निर्णय सीडीओहरुले गर्न लागेका हुन् । निर्माण सामग्री ओसार्नको लागि भने रातिको समय तोकिएको छ । हाल उपत्यकामा पूर्वाधार निर्माणमा समेत रोक लगाइएको थियो । अबभने निर्माणको क्रममा स्वास्थ्य मापदण्ड भने लागू गर्नुपर्ने शर्त राखेर उक्त खएको छ ।

अब थप गरिने निषेधाज्ञामा पनि सार्वजनिक र निजी सवारी भने नखुल्ने भएको छ । भट्टराईले अहिले नै सार्वजनिक सवारी खोल्ने विषयमा छलफल नै नभएको जानकारी दिए । निजी सवारीको हकमा पनि अत्यावश्यक काम बाहेक हिँडडुलमा प्रतिबन्ध नहटाइएको भट्टराईले जानकारी दिए । कोरोनाको महामारी साम्य नलागिसकेकोले अहिले नै सवारी साधन खुला गर्दा यसले समस्या जटिल हुने जिल्ला प्रशासनका अधिकारीहरुको बुझाइ छ ।

यिनिहरू पढ्न छुटे की ?