होम » ‘समस्या कालो कोटमा होइन, कालो सोचमा छ’ – विश्वप्रकाश शर्मा

‘समस्या कालो कोटमा होइन, कालो सोचमा छ’ – विश्वप्रकाश शर्मा

by नागरिक टुडे

सोमबार युवा संघको कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले संसद् विघटनविरुद्ध रिट दिने र बहस गर्ने वकिलहरूको गतिविधिप्रति आक्रोश व्यक्त गरेका थिए। प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतले संविधानको कमजोर र नकरात्मक व्याख्या गरेको आरोप लगाएका थिए। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लक्षित गर्दै कालो कोटमाभन्दा कालो सोचमा समस्या रहेको टिप्पणी गरेका छन्। ‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू !’ शर्माले सोमबार राति ट्वीटरमा लेखेका छन्, ‘व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुन्छ।’

प्रधानमन्त्रीले ओलीले कालोकोट लगाएका केही अराजक व्यक्तिहरूले न्यायाधीश छान्न खोजेको र आफै फैसला लेख्न चाहेको भन्दै उनीहरूको कडा आलोचना गरेका थिए। प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्धय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि रिट निवेदक पक्षका वकिलले प्रश्न उठाएर विवाद गरेको विषयमा प्रतिक्रिया दिदै ओलीले भनेका थिए,‘यो कस्तो सिस्टम खोजेको हो ? के अब वकिलले न्यायाधीश तय गर्ने ? के वकिलले लेखेर ल्याएको फैसला नै न्यायाधीशले पढ्नुपर्छ भन्न खोजेको उहाँहरूले ?’ओलीले न्यायलय र न्यायाधीश मान मर्यादा र गरिमाको अलिकति पनि ख्याल नगरीकन केही वकिलहरू मर्यादाहीन गतिविधिमा संलग्न भएको धारणा राखे।

यिनिहरू पढ्न छुटे की ?