होम » इँटा भट्टामा जिउँदै मान्छे पोल्ने आलमको पक्षमा वकालत गर्ने थापा न्यायाधीशलाई नैतिकता सिकाउँछन् !

इँटा भट्टामा जिउँदै मान्छे पोल्ने आलमको पक्षमा वकालत गर्ने थापा न्यायाधीशलाई नैतिकता सिकाउँछन् !

by नागरिक टुडे

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापामाथि अदालतमा नैतिकताको प्रश्न उठेको छ । आइतवार न्यायाधीशद्वय तेजबहादुर केसी र वमकुमार श्रेष्ठमाथि नैतिकताको प्रश्न उठाउने थापामाथि नै नैतिकताको प्रश्न उठेको हो ।

थापाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता भंग गरी पूर्ववत अवस्थामा फर्काउने फैसला मागदाबी भन्दा बढी भएको र अहिले निवेदक त्यहीँ पार्टीसँग जोडिएका माधवकुमार नेपाल र प्रचण्ड भएको भन्दै थापाले न्यायाधीशमाथि निष्पक्षता र नैतिकताको प्रश्न उठाएका थिए ।

तर अरु न्यायाधीशमाथि नैतिकताको प्रश्न गर्ने थापामाथि भने इट्टा भट्टामा २० जना भन्दा बढिलाई जिउँदै पोलेर मारेका आफताव आलमको पक्षमा वकालत गरेर नैतिकता त्यतिबेलै समाप्त गरेको आरोप लागेको छ ।

ज्यान मारेको आरोपमा जेल सजायँ भोगिरहेका जघन्य अपराधका दोषीलाई छुटाउन वकालत गर्ने थापाले राजनीतिक मुद्दा फैसला गरेका न्यायाधीशमाथि प्रश्न उठाएर आफ्नै पेशाको खिल्ली उडाएको कानुन व्यवसायी बताउँछन् ।

न्यायाधीशमाथि नैतिकताको प्रश्न उठाउने थापा आफूले व्यवहारमा कति नैतिकताको कदर गरेका छन् भन्ने सर्वत्र प्रश्न उठेको छ । वकालतको क्षेत्रमा थापाको न्यूनतम नम्स पनि नभएको उनकै समकालीन कानुन व्यवसायी बताउँछन् ।

अरुमाथि प्रश्न उठाउन कम्तिमा आफू स्वच्छ हुनुपर्छ । तर थापामा त्यस्तो केही नभएको कानुन व्यवसायी बताउँछन् । मानवीय संवेदनासमेत रहेको आलम प्रकरणको पक्षमा मोटो रकम फिस लिएर नैतिकताको धज्जी उडाएको कानुनविदहरु बताउँछन् ।

इजलासमा उपस्थित न्यायाधीश मात्र होइन प्रधानन्यायाधीश माथि नै औला उठाए । आइतवारको इजलासमा उनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरालाई विदामा बस्न भनेका थिए ।

यिनिहरू पढ्न छुटे की ?