होम » बढ्याे सुनकाे मूल्य

बढ्याे सुनकाे मूल्य

by नागरिक टुडे

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएकाे छ ।

यिनिहरू पढ्न छुटे की ?