होम » राष्ट्रिय सभा सदस्य दृगनारायण पाण्डे

राष्ट्रिय सभा सदस्य दृगनारायण पाण्डे

by नागरिक टुडे

लुम्बिनी प्रदेशमा सोमवार भएको उपनिर्वाचनमा राष्ट्रिय सभा सदस्य विपक्षी गठबन्धनवाट उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन्। नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा लागेका उनले वैशाख १९ गते प्रदेशसभा सदस्यवाट राजीनामा दिएर पाण्डे फेरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए। श्रोतका अनुसार पाण्डेले ४,१४० मतभार प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रबहादुर खड्काले ३,६१२ मतभार प्राप्त गरेका थिए।यस मतदानमा प्रदेश सभाका ८३ जना सांसद तथा स्थानीय तहका प्रमुख उपप्रमुख अध्यक्ष र उपाध्यक्ष गरी तीन सय जनाले मतदान गर्ने र कुल मतभार ७,८९० रहेको छ।

नेपाली काङ्ग्रेसका पाण्डेलाई नेकपा माओवादी केन्द्र, उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थन थियो भने खड्कालाई नेकपा एमाले र महन्थ ठाकुरपक्षीय जनता समाजवादी पार्टी नेपालको समर्थन थियो ।पाण्डे २०७४ सालको निर्वाचनमा सूर्य चिन्ह लिएर उम्मेदवार बनी कपिलवस्तुको निर्वाचन क्षेत्र २ (१) वाट प्रदेशसभामा निर्वाचित भएका थिए।

यिनिहरू पढ्न छुटे की ?