होम » म्यूकोर्माइकोसिसको सङ्क्रमण नेपालमा पनि – यस्ता छन् ब्ल्याक फंगस बाट बच्ने उपायहरु

म्यूकोर्माइकोसिसको सङ्क्रमण नेपालमा पनि – यस्ता छन् ब्ल्याक फंगस बाट बच्ने उपायहरु

by नागरिक टुडे

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड-१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात्‌ एक प्रकारको कालो ढुसीको सङ्क्रमण म्यूको र्माइकोसिस हो। हाल कोरोनाको दर केहिँ मात्रमा कम भैरहेको र संक्रमित को दर भन्दा निको हुनेको दर पछिल्लो तथ्याकंले देखाएको छ। तर कोरोनाको कहर नसकिदै अर्को रोग को सङ्क्रमण देखा पर्दा मान्छेहरु मा डर त्रास बढेको छ। कोरोना महामारीका प्रकोपका बीच ब्ल्याक फंगस (कालो ढुसी) ले आतंक फैलाउन सुरु भएसँगै नेपालमा पनि यस ब्ल्याक फंगसको सङ्क्रमण देखा परेको छ। यस रोगले कोरोना संक्रमितमा छिटो असर दखाऊने पाईएको छ। वीरगन्ज नारायणी अस्पतालमा उपचार गराइरहेका केही कोरोना संक्रमितमा ब्ल्याक फंगस (कालो ढुसी) संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखा परेको थियो ।

तथ्याकं हर्ने हो भने तीन-चार जनामा उक्त घातक कालो ढुसीको सङ्क्रमण देखिएको दश दिनअघि मन्त्रालयले बताएको थियो। “विभिन्न ठाउँबाट गरी अहिलेसम्म हामीकहाँ म्यूकोर्माइकोसिसका करिब १२ वटा रिपोर्टिङ भएका छन्,” नवनियुक्त प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सोमवार भने। उनका अनुसार वीरगन्ज, नेपालगन्ज र काठमाण्डूलगायत ठाउँका अस्पतालबाट कालो ढुसीको सङ्क्रमणका विवरणहरू आएका हुन्। वरिष्ठ फिजिसियन डा. निरजकुमार सिंहका अनुसार मधुमेह भएका कोरोनाका बिरामीमा यस्तो समस्या बढी देखिएको छ । विशेषगरी मधुमेह रोगी र कोरोनाको उपचारको क्रममा स्ट्रोइड्स ग्रुपको औषधि प्रयोग गर्दा रगतमा चिनीको मात्रा बढ्ने समूहमा यो समस्या देखिएको हुनसक्ने डा.सिंहको अनुमान छ ।

ब्ल्याक फंगस (कालो ढुसी) के हो ??

ब्ल्याक फंगस कोरोना जस्तै संक्रमित रोग हो, यस रोकको संक्रमण म्युकर फंगस नामको फंगसको कारणबाट हुन्छ। विज्ञहरुका अनुसार यो फंगस हरेक ठाउँमा हुन्छ जस्तै हावा, धुलो र एउटा स्वास्थ्य मान्छेको नाँकमा पनि हाम्रो वरिपरी नै हुने यस फंगसले आहिले चाही किन यति नकारात्मक असर दखाइ रहेको छ भने जनमानसमा लागिरहेको होला यस फंगसले हाम्रो शरिर प्रवेश गर्न लाग्दा हाम्रो शरिरमा भएको रोग पर्तिरोधामक शक्तिले रोकेर राखेको हुन्छ कोरोना संक्रमित र निको भैसकेका मान्छेहरुमा रोग पर्तिरोधामक शक्ति कम हुने भएकाले यस रोगको संक्रमणम कोरोना संक्रमित र मधूमेहका बिरामीहरु मा बढी मात्रा मा पाइएको छ।

ब्ल्याक फंगस (कालो ढुसी)बाट बच्ने उपायहरु

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ब्ल्याक फंगस कोरोनाबाट निको भएका व्यक्तिहरु मा हुने भएकाले कोरोनाबाट बच्ने मापदण्डहरु अपनाउ पर्ने हुन्छ जस्तै मास्कको प्रयोग सावधानीपूर्वक गर्नु र पटक पटक हात धुनु नै सबैभन्दा राम्रो रोकथाम र नियन्त्रणको विधि हो । मास्कको पनि सही तरिकाले प्रयोग गरी नष्ट गर्नुपर्छ । साबुनपानीले नियमित रूपमा हात धुने गर्नुपर्छ । रोगका चिह्न र लक्षण देखिनासाथ तुरुन्त जँचाइहाल्नुपर्छ । त्यस्तै, समयमै रोगको पहिचान गर्ने र रोगी व्यक्तिलाई अलग्गै कोठामा राख्नुपर्छ । सरसफाइमा निकै ध्यान दिनुपर्छ । अनावश्यकरूपले घरीघरी नाक मुखमा हात नलैजाने र व्यक्तिगत आनीबानीमा समेत सुधार गर्नुपर्छ ।

यिनिहरू पढ्न छुटे की ?