होम » खोप लिन नेपाल वायुसेवा निगमको विमान बेइजिङ जाँदै

खोप लिन नेपाल वायुसेवा निगमको विमान बेइजिङ जाँदै

by नागरिक टुडे

गत साता राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच भएको टेलिफोन कुराकानीको सहमति अनुसार आकस्मिक प्रयोजनका लागि कोरोनाविरुद्धको १० लाख खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज सोमबार बेइजिङका लागि उड्ने भएको छ। नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान सोमबार बेइजिङ जान लागेको जानकारी दिएका छन्।

चिनियाँ अनुदानको खोप लिन निगमको वाइड बडी जहाज सोमबार राति काठमाडौँबाट बेइजिङको लागि उड्ने र मंगलबार अपराह्न २ बजे काठमाडौँ अवतरण गर्ने तालिका तय गरिएको जानकारी बेइजिङस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख शुशीलकुमार लम्सालले दिनुभएका छन् । उक्त खोप साइनो फार्मको ‘भेरोसिल’ हो।

सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख मात्र कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ जाने तयारी भएको र बाँकी २ लाख डोज नेपाल चीन संयुक्त लगानीको हिमालय एअरलाइन्सले युनान प्रान्तको सदरमुकाम सहर खुनमिङबाट ल्याउने भएको छ।

राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग पौने घन्टा टेलिफोन लामो फोन वार्ताका क्रममा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नेपाललाई आकस्मिक प्रयोगका लागि १० लाख मात्र चिनियाँ खोप अनुदानमा दिने घोषणा गर्नुभएको थियो। चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो। उक्त खोप निगमकै जहाजले बेइजिङबाट दुई महिनअगाडि काठमाडौँ ल्याएको थियो।

यिनिहरू पढ्न छुटे की ?