होम » कोरोना मानव निर्मित कि प्राकृतिक नै ??

कोरोना मानव निर्मित कि प्राकृतिक नै ??

by नागरिक टुडे

चीनको वुहान सहरमा कोभिड-१९ देखा परेको झन्डै डेढ वर्ष भैसकेको छ। झन्डै डेढ वर्ष भइसक्दा पनि कोरोनाभाइरसको उत्पत्तिबारे अझै पनि कुनै ठाेस प्रमाण फेला परेको छैन। तर कोरोना भाइरसको उत्पत्तिबारे जान रुचि नेपाललाई मात्र नभएर पुरै विश्वको रहेको छ। केही सातायाता चिनियाँ प्रयोगशालाबाट यो भाइरस चुहिएको हुनसक्ने विवादास्पद दाबी पुन: चर्चामा आएको छ। प्रयोगशालमा भएको एक दुर्घटनाका कारण यो भाइरस त्यहाँका कर्मचारीमा फैलिएको हुनसक्ने सम्भावना पनि जताइएको छ ।

अहिले अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाभाइरसको उत्पत्तिबारे गरिएको सम्भावित दाबीको सेरोफेरोमा आकस्मिक अनुसन्धान गर्ने घोषणा गरेका छन्। सो घोषणा गरेसँगै चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘राजनीतिक आवरण दिएको र अरूलाई दोषी देखाएको’ आरोप लगाएको छ।उसले कोभिड-१९ र चीनको वुहान शहरमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको पनि जनाएको छ।

प्रयोगशालाबाट चुहिएको‘ सिद्धान्त पहिलो पटक कोरोनाभाइरस देखा परेको मध्यचीनको वुहानमा अवस्थित एउटा प्रयोगशालाबाट प्रयोगशालमा भएको एक दुर्घटनाका वा अन्य कारणबाट कारण यो भाइरस त्यहाँका कर्मचारीमा फैलिएको हुनसक्ने सम्भावना एउटा शङ्काका आधारमा यस्तो दाबी गरिएको देखिन्छ। यस सिद्धान्तका समर्थकहरूले उक्त सहरमा रहेको एउटा मुख्य जैविक अध्ययन केन्द्रतर्फ औँला ठड्याउँएका छन्।

वुहान इन्स्टिट्यूट अफ भाइरलजीले एक दशकभन्दा बढी समयदेखि चमेरामा कोरोना भाइरसको अध्ययन गरिरहेको छ। रिपोर्टले प्रयोगशालामा यस्ता दुर्घटना दुर्लभ हुने तर यस्तो हुनसक्ने सम्भावना स्वीकार गरेको छ । दस्तावेजले भन्छ, ‘भाइरसको वृद्धि, जनावरमा खोप वा क्लिनिकल स्याम्पलसँग काम गर्नेबेला सिमित सुरक्षा वा लापरवाहीका कारण प्रयोगशालामा मानिस संक्रमित हुनसक्छ ।’ उक्त प्रयोगशाला विभिन्न प्रजातिका जीव र माछा एवं तिनका मासु पाइने एउटा बजारभन्दा केही किलोमिटर मात्र पर छ।

वुहानभित्र पनि त्यहीँ पहिलो पटक मानिसहरूमा कोरोनाभाइरस देखिएको थियो। धेरैलाई उक्त भाइरस प्रयोगशालामा तयार पारिएकोभन्दा पनि प्राकृतिक रूपबाटै सङ्कलन गरिएको अपरिवर्तित विषाणु हो भन्ने लाग्छ। केहीले चाहिँ यो सम्भावित जैविक हतियारका रूपमा मानवनिर्मित भाइरस भएको ठानेका छन्। आहिले किन चर्चामा अमेरिकी गोप्य जासुसी प्रतिवेदनले सन् २०१९ को नोभेम्बरमा वुहान प्रयोगशालाका तीन अनुसन्धानकर्ताहरूको अस्पतालमा उपचार भएको जनाए पछि अमेरिकी सञ्चारमाध्यमहरूले यसबारे समाचार प्रकाशित गरे सो समचारले चर्चा पाएर अहिले को समयमा यो एउटा जिज्ञसा विषय भएको छ।

सो समचार अनुसार सहरका मानिसहरूमा भाइरस देखिनुभन्दा ठिक अगाडि ती तीन अनुसन्धानकर्ताहरूको अस्पतालमा उपचार भएको जनाए प्रतिवेदनले जनाएको छ। तर समाचारहरूका अनुसार यसै सिद्धान्तबारे ट्रम्प प्रशासनले सुरु गरेको अमेरिकी विदेश मन्त्रालयको एउटा अनुसन्धान भने बाइडन प्रशासनले बन्द गरेको छ। अमेरिकी माथिल्लो सदन सिनेटको एक समितिमा ११ मेमा बाइडनका प्रमुख स्वास्थ्य सल्लाहकार एन्थनी फाउचीले भनेका थिए: “त्यसको सम्भावना निश्चित रूपमा छ र म त्यो भए नभएको विषयको पूर्ण अनुसन्धान हुनुपर्छ भन्ने पक्षमा छु।”

राष्ट्रपति बाइडनले आफूले पदभार लिएपछि कोभिड-१९ को उत्पत्तिबारे एउटा प्रतिवेदन माग गरेको जसमा ‘त्यो सङ्क्रमित जनावरसँग मानव संसर्ग भएर वा प्रयोगशालाको दुर्घटनामार्फत् के भएको हो’ भन्ने खोजेको जनाएका छन्। चीनको प्रतिक्रिया चिनियाँ प्रयोगशालाबाट कोभिड-१९ को उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी प्रयासको चीनले निन्दा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने आफ्नो अपेक्षा रहेको बताएका थिए। चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘राजनीतिक आवरण दिएको र अरूलाई दोषी देखाएको’ आरोप लगाएको छ।

उसले कोभिड-१९ र चीनको वुहानमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको पनि जनाएको छ।

यिनिहरू पढ्न छुटे की ?