होम » जनतामा देखिएको निराशा छिट्टै अन्त्य हुन्छ- प्रधानमन्त्री

जनतामा देखिएको निराशा छिट्टै अन्त्य हुन्छ- प्रधानमन्त्री

by नागरिक टुडे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाम सम्बोधन गर्ने क्रममा राजनीतिक स्थायित्वका लागि ताजा जनादेश अपरिहार्य भएको दोहोर्‍याएका छन्। उनले चुनावले अहिलेको निराशा तोड्न सक्ने बताएका छन्। “राजनीतिक स्थायित्वको निर्वाचन हो, जनतामा देखिएको निराशा छिट्टै अन्त्य हुन्छ,” उनले भने ।

उनले कोभिड कहरले विकास यात्राको अवरोधक नबनोस् भनेर सरकार सचेत रहेको बताए। उनले व्यापार सन्तुलन कायम गर्न थप मुलुकसँग पारवहन, व्यापार सम्झौता गर्ने पनि बताए ।

उनले नेपाली बस्तुले बजार पाउनु भनेर अवाञ्छित सम्झौता पनि रोकिने बताए। कार्यक्षेत्रबाट क्षमता अभिवृद्धिगरी जनशक्ति तयार पार्न सरकार प्रयत्नशील रहेको पनि बताए ।

यिनिहरू पढ्न छुटे की ?