होम » भेरी अस्पतालले आजबाट नयाँ बिरामी भर्ना नलिने

भेरी अस्पतालले आजबाट नयाँ बिरामी भर्ना नलिने

by नागरिक टुडे

काठमाडौँ । नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि भएको भौतिक आक्रमणको विरोधमा उत्रेका स्वास्थ्यकर्मीले दोषीलाई कारबाही र सुरक्षाको माग गर्दै अस्पतालमा आजबाट नयाँ बिरामी भर्ना नलिने निर्णय गरिएको छ ।

ड्युटीमा खटिएका स्वास्थ्यकर्मीले दोषीलाई कारबाही नभएसम्म नयाँ बिरामी भर्ना नगर्ने भन्दै विरोध जनाएका छन् ।

दाङका एमाले नेता मानबहादुर रावतका दाईको उपचारचारका क्रम बिहीबार राति मृत्यु भएपछि नेता रावत, मृतकका छोरोलगायतका आफ्न्तले कोभिड आइसीयू कक्षमा प्रवेश गरी चिकित्सक तथा नर्सलाई ज्यान मार्ने उद्देश्य सहित हातपात भएको थियो ।

यिनिहरू पढ्न छुटे की ?