होम » ६ हजार ९५१ संक्रमित थपिँदा निको भए ९ हजार ८४१

६ हजार ९५१ संक्रमित थपिँदा निको भए ९ हजार ८४१

by नागरिक टुडे

काठमाडौं । शुक्रबार ६ हजार ९५१ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसै अवधिमा थप ९ हजार ८४१ जना कोरोनाबाट मुक्त भएका छन्। एकै दिन कोरोनाबाट निको हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । 

थप ९६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यीसहित हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ । 

यस दिन कुल २० हजार ११० जनाको नमुना परीक्षण गरिएको थियो। जसमध्ये पिसिआर १९ हजार ३१३ र एन्टिजेन परीक्षण ७ सय ९७ जनाको गरिएको थियो । पछिल्ला दिनमा निको हुनेको दर बढ्दै गएको छ। मन्त्रालयका अनुसार हाल निको हुनेको दर ७८. १ प्रतिशत रहेको छ ।

हालसम्म ५ लाख ४९ हजार १११ जनामा कोरोना संक्रमण देखिएको छ भने ४ लाख २८ हजार ६७० जना निको भएका छन्। हाल देशभर १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित छन् ।

यिनिहरू पढ्न छुटे की ?