होम » मनीषाले अस्पताललाई गरिन स्वास्थ्य सामग्री सहयाेग

मनीषाले अस्पताललाई गरिन स्वास्थ्य सामग्री सहयाेग

by नागरिक टुडे

काठमाडाैँ । अभिनेत्री मनीषा कोइरालाले विरगञ्जको नारायणी अस्पताललाई कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराएकी छन् ।

अघिल्लाे वर्षकाे लकडाउनदेखि नै सक्रिय रूपमा समाजसेवामा लागेकी मनीषाले यसपाली चार थान भेन्टिलेटर, सय थान पीपीई, फेस सिल्ड र मास्क अस्पताललाई प्रदान गरेकी हुन् । जोखिमको समयमा स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा अस्पताल प्रशासनले उनलाई धन्यवाद दिएको छ ।

पल शाह, पुष्प खड्का, राजाराम पौडेल, नाजिर हुसेन, श्वेता खड्का लगायतका कलाकारले पनि काेराेना विरूद्ध लड्न स्वास्थ्य सामग्री तथा आर्थिक सहयोग गरेका छन् ।

यिनिहरू पढ्न छुटे की ?