होम » धनगढी बसपार्कमा युवक मृत फेला

धनगढी बसपार्कमा युवक मृत फेला

by नागरिक टुडे

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित बसपार्कमा एक युवक मृत भेटिएका छन् । अन्दाजी २८ वर्षीय युवक शुक्रबार बिहान बसपार्कमा रहेको प्रतिक्षालयमा उतानो पल्टिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले मृत भेटिएका युवकको पहिचान हुन नसकेको जानकारी दिए ।

घटनास्थल कार्य सकेर प्रहरीले उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?