होम » भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने तीनजना पक्राउ

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने तीनजना पक्राउ

by नागरिक टुडे

काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ भएका छन् । 

पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका-११ मानबहादुर रावत, भरत रावत र लोकराज रावत छन् । एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर मृतकका भाइ हुन् भने बाँकी दुई जना मृतकका छोरा हुन् । 

बिहीबार राति बिरामीको मृत्यु भएपछि अस्पतालको कोभिड वार्डमा खटिएका चिकित्सक तथा नर्सहरुमाथि कुटपिट भएको थियो ।

यिनिहरू पढ्न छुटे की ?