Home मनोरञ्जन नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल २०२१ को आवेदन खुल्ला

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल २०२१ को आवेदन खुल्ला

by nagariktoday

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ्फ)को चौंथो संस्करण २०२१ यही फेब्रुअरी २४ देखि २८(फागुन १२ देखि १५) सम्म काठमाडौंमा हुने भएको छ । यस फेस्टिभलमा सहभागिता जनाउन चाहने इच्छुक फिल्मकर्मीहरुले यही २०२० जुलाई १ देखि नोभेम्बर २० सम्म सहभागिताकालागि आवेदन दिन सक्छन् । “विश्वका कथाहरुको कथ्य उत्सव” भन्ने नाराका साथ “फिल्म संस्कृति” को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई समावेश गरिर्न निर्णय गरिएको छ ।

कोभिड १९ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५०० अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५०० अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ भने इन्टरनेशनल फिडेरेसन अफ उिल्म सोसाइटिजका जुरी तर्फबाट IFFS Don Quijote Award पनि प्रदान गरिने छ । यसैगरी, सर्वोत्कृष्ट वृत्तचित्रलाई १००० डलर राशिको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५०० डलरको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ भने सर्वोत्कृष्ट लघु चलचित्रलाई ५०० डलर राशिको बाग्मती अवार्ड प्रदान यथावत रुपमा गरिनेछ ।

त्यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रू. १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई नगद रू. ५० हजार र सर्ट मध्यबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिने छ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

यस पटक फेस्टिभलमा सहभागिताका लागि फिल्मकर्मीहरुले FilmFreeWay मार्फत फिल्म पठाउनुपर्नेछ ।

अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्ट र डकुमेन्ट्री फिल्मले १५ अमेरीकी डलर र फिचर फिल्मले २० डलर आवेदन शुल्क तोकिएको छ । यसैगरी, महामारीको विषयमा बनेका फिल्मले मात्र १० डलर तिरेर सहभागिता जनाउन सक्नेछन् । नेपाली प्रतिस्पर्धा अन्तर्गत आवेदन दिन भने कुनै शुल्क लाग्ने छैन ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.