Home कोरोना विषेश ट्रम्पको सुरक्षामा खटिएका सैनिकलाई कोरोना संक्रमण

ट्रम्पको सुरक्षामा खटिएका सैनिकलाई कोरोना संक्रमण

by nagariktoday

वासिंटन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।

तर राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा कार्यरत एक सैनिकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ह्वाइटहाउसका प्रवक्ताले बिहीबार जनाए अनुसार ह्वाइट हाउसको सुरक्षार्थ खटिएका एक सैन्य अधिकारीमा कोरोना संक्रमण भेटिएको हो ।

‘हामीले भर्खरै थाहा पायौँ कि, ह्वाइट हाउसको मेडिकल टीमले एक ह्वाइट हाउसमा कार्यरत सैनिकमा संक्रमण भएको जानकारी दियो । राष्ट्रपति र उपराष्ट्रपतिमा कुनै स्वास्थ्य समस्या छैन । उहाँहरको रिपोर्ट नेगेटिभ आयो,’ प्रवक्ता होगन गिड्लीले बताएका छन् । ट्रम्पको दुई पटकसम्म कोरोना परीक्षण भइसकेको छ । तर नेगेटिभ रिपोर्ट नै आएको छ । पहिलो पटक अप्रिल २ मा गरिएको थियो ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.