Home दुर्घटना सिन्धुलीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

सिन्धुलीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

by nagariktoday

सिन्धुली – सिन्धुलीमा जिपको ठक्कबारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका–८ बसतपुर बस्ने ५२ वर्षीय रणवहादुर सुनुवार रहेका छन् ।

मंगलबार डुमरियास्थित सडकमा पैदल हिँडिरहेको समयमा मे.१ ज १५४३ नम्बरको जिपले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । जिपको ठक्करबाट गम्भीर घाइते भएका सुनुवारलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.